Fri. Apr 19th, 2024

बलिउडमा यस्तो काम समेत छ जो बलिउड आफै समेतले हल गर्न सकेको छैन् त्यो काम अब यूनिसेफले गर्न सफल भएको छ । निकै बर्ष देखी बलिउड नायिका करीना कपूर खान र प्रियंका चोपडा विच भएको शीत युद्ध अब अन्त्य भएको छ । अब चाडै उनीहरु एक डकुमेन्ट्रि ड्रामामा देखिन थालेका छन् । अन्तराष्ट्रिय संस्था यूनिसेफको उक्त फिल्मलाई प्रियंकाले प्रस्तुत गर्नेछिन् ।

sorry-la-nepali-movie-poster

भारतीय सञ्चार माध्यमले बताए अनुसार एक बर्ष बलिउडमा भएको इन्टरनेसनल अवार्ड कार्यक्रमको दौडानमा प्रियंका र करीना विच शत्रुको सम्बन्ध थियो र त्यसपछि उनीहरु एक साथ कुनै फिल्ममा देखिए न त कुनै कार्यक्रमहरुमा नै । अब भने उनीहरु एक साथ देखिन थालेको कुराले उनीहरुका फ्यान निकै हौसिएका छन् । यति सम्म भएको छ कि हिजो प्रियंकाले आफै करीनामलाई फोन गरेकी छिन् । र उनले फोनमा भनेकी छिन् बच्चा र महिलाको शिक्षामा बन्न लागेको एक डकुमेन्ट्रिमा करीनालाई हिस्सा बन्न प्रियंकाले आग्रह गरेकी थिइन् । र करीनाले पनि उनको आग्रहलाई स्विकार गरेकी छिन् । साथै यस डकुमेन्ट्रिका करीनाले एक रुपैयाँ समेत नलिने बताइएको छ ।

%d bloggers like this: