Mon. Sep 26th, 2022

र्दजनौ चलचित्रमा विभिन्न भुमिकामा देखिएका नायक आर्यन सिग्देल अब चलचित्र नाइकेमा भने केहि फरक प्रस्तुतीमा देखा पर्दैछन् । बलिउडस्टार सलमान खानको एक्सन भुमिका जस्तो दृश्यमा आर्यन देखिने भएका छन् । भाद्र १३ गते देशभर प्रदर्शनमा आउने बताइए पनि चलचित्र नाइकेले आफ्नो मिति सारेको छ । अर्थात अब चलचित्र नाइके असोज ३ गते प्रदर्शनमा आउने छ ।

10509550_10202951808129368_6241508576009253455_n

केहि प्राबिधिक कठिनाईले चलचित्रको मिति सार्नु परेको चलचित्र युनिटले बताएको छ । आर्यन सिग्देल, रेम बिक, सुर्बिना कार्की, बोधराज रेग्मी, सारिका केसीलगायतका कलाकारले अभिनय गरेको चलचित्र नाइकेलाई नेत्र गुरुङले निर्देशन गरेका हुन् । ब्ल्याक स्याडो प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता विष्णु हमाल हुन् । चलचित्र नाइके पोखरा आसपासमा छायंकन गरिएको हो ।