Tue. Apr 16th, 2024

सन् २०१५ फेब्रुअरी २२ तारीखका दिन संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा आयोजना हुने ८७औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्का) लागी प्रतिस्पर्धामा रहेका दुई चलचित्र मोक्ष र झोला मध्य झोला छनोट भएको छ । ओस्कार फिल्म छनौट समितिले चलचित्र  ‘झोला’लाई ओस्कार अवार्डमा पठाउने निर्णय गरेको छ ।

jhola-poster

चलचित्र झोला बाट नायिका गरिमा पन्तले सार्क फिल्म फेष्टिभलमा उत्कृष्ट नायिकाको अवार्ड उचाल्न सफल भएकी थिइन ।यादव भट्टराईले निर्देशन रहेको चचित्र ‘झोला” लाई राज तिमिल्सेना, मालती शाह र सुशिल शाहले मिलेर निर्माण गरेका हुन् ।अघिल्लो बर्ष समलिङ्गी युवतीको प्रेमकथामा आधारित फिल्म ‘सुनगाभा’ ओस्कारमा पुगेर बाहिरिएको थियो ।

%d bloggers like this: