Fri. Apr 26th, 2024

केहि चलचित्रमा विवाददास्पद दृश्यमा कारण बेला बेलामा चर्चामा आइरहेकी नायिका पुजना प्रधान पछिल्लो समयमा फुसर्दमा देखिएपनि अब भने आफैले चलचित्र निर्माण गर्ने भएकी छिन् । आज काठमाडौंमा चलचित्र चकलेटको शुभमुर्हत गर्दै नायिका पुजना प्रधानले अब आफुले चलचित्र चकलेट निर्माण गर्न बताएकी छिन् । निर्मल शर्माले निर्देशन गर्ने चलचित्र चकलेटलाई खुशी गुरुङ, पिरतीमाया गुरुङ र केशव तामाङले लगानी गर्नेछन् ।

IMG_2282

चलचित्रलाई पूजना फिल्मस्को ब्यानरमा प्रस्तुत गर्न लागेको हो । दरबारमार्गको सडकमा भेटिने बालबालिकाहरुको कथामा निर्माण हुन लागेको चलचित्र चकलेटमा आयुष्मान घिमिरे, अनुज शाक्य, पूजना स्त्रि, नम्रता झा, केशव भट्टराइ,सुमन गैरे आदी कलाकारहरु चलचित्रमा मुख्य भुमिकामा देखिदै छन् । शुभमुर्हत सगै चलचित्र युनिटले कलाकार कमल मैनालीलाई सम्मानीत गरेको छ ।

%d bloggers like this: