Fri. Apr 26th, 2024

बलिउडमा पछिल्लो समय यि दुई जोडी निकै नजिक बन्दै गएको खबर बाहिर आउदै गएको छ । अर्थात बलिउड नायिका सोनाक्षी सिन्हा र बलिउडका चर्चित गायक हनी सिंह । अहिले प्राय कार्यक्रम देखी विभिन्न पार्टीहरुमा पनि एक साथ देखिने गरेका छन् । गायक हनि सिंहले रो स्टार नामक शो सञ्चालन गरेकोमा शुभकामना दिदै सोनाक्षीले उक्त शो सफल रहोस भन्दै हनी सिंहलाई शुभकामना दिएकी छिन् । स्टार प्लसबाट हनि सिंहको शो सञ्चालनमा आइसकेको छ ।

sonakshy

सोनाक्षीले हनी सिंहलाई शुभकामना दिदै भनेकी छिन् मेरो हरेक दिनको शुरुवात हनी सिंहको गीतबाट हुन्छ । त्यसैले पनि म हनी सिंहको निकै ठुलो प्रशंसक हुँ । सोनाक्षीले भनेकी छिन् म हरेक पल हनी सिंहको फ्यान हुँ । धेरै व्यक्ति हनी सिंहको भक्ति गीतबाट हरेक दनको सुरुवात हुन्छ तर मेरो दिनको सुरुवात भने हनी सिंहको गीत सुन्नमा नै जान्छ । अब चाडैं सोनाक्षी सिन्हा र हनी सिंह एउटा म्युजिक भिडियोमा देखिदै छन् ।

%d bloggers like this: