Fri. Apr 26th, 2024

यो शब्द सुन्दा सायद कसैको पनि आखाँमा आसु रहन सक्दैन होला किनकी यि शब्द यति मर्मस्पर्शी छन् की सायद जो कोहिलाई पनि मन बहकाउन सक्छ । यि शब्द करिब २ महिना पनि आफनो फेसबुक स्टाटर्समा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी स्वेता खड्काले राखेकी शब्द हो यो । श्रीकृष्णको यादमा रुदाँ रुदाँ आफ्नै शरिर आधा बनाइसकेकी नायिका स्वेता खड्काले आज करिब २ महिना पछि आफनो फेसबुक स्टाटर्समा उक्त मर्मस्पर्शी शब्द राखेकी छिन् । उनले फेसबुक स्टाटर्र्समा यति मार्मिक शब्द हालेकी छिन् जो कोहिको पनि मन रुवाउन सक्छ ।

Capture

उनले लेखेकी छिन् ‘को सगँ दुख बाड्यौ भगवान जबतिमीले यति दुख दिएपछि,कमसेकम हे भगवान भन्ने ठाँउ त राख्दिन पर्छ ???’ यि शब्द स्वेताले आफनो फेसबुकमा राख्दा आखाँबाट आसु नबगाउने मान्छे सायदै होला । असार २३ गते बैबाहिक जिबनमा बाधिएपछि हनिमुन मनाउन भारतको सिम्ला गएको बखत नायक श्रीकृष्ण श्रेष्ठ विरामी परेपछि भारतकै एपोला हस्पिटलमा उनको भर्ना गरिएको थियो । र श्रीकृष्णको सोहि अस्पितामा निधन भएको थियो । बिबाह गरेको ३१ दिनमा नै श्रीकृष्णले स्वेतालाई छोडेर गए अनि लाखौ दर्शकहरुलाई पनि रुवाएर गए । आज उनको निधन भएको १५ दिन वितिसक्दा पनि स्वेता भने उही आखाँको धारामा नुहाइरहेकी छिन् । अहिले सम्म उनको आखाँबाट आखु रोकिन सकेको छैन् ।

%d bloggers like this: