Fri. Mar 29th, 2024

critics-award-4

समिक्षक समाजद्धारा ‘क्रिटिक्स अवार्ड २०७०’ आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरि सो अवार्ड प्रदान गरिएको छ । चलचित्र ‘मोक्ष’बाट कोशिश क्षेत्रीले उत्कृष्ट नायकबाट र ‘उमा’बाट ऋचा शर्माले उत्कृष्ट नायिकाबाट अर्वाड पाएका छन् । आज सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले विभिन्न ७ विधामा अवार्ड पाउने चलचित्रकर्मीलाई पुरस्कृत गरेका थिए । त्यस्तै सम्पादन विधामा चलचित्र ‘कर्कश’बाट लोकेश बज्रचार्य,छायांकन तर्फबाट चलचित्र ‘वधशाला’बाट शैलेन्द्र डी कार्की,उत्कृष्ट पटकथातर्फ ‘साँघुरो’बाट विनोद पौडेल, चलचित्र ‘साँघुरो’बाट जोयस पाण्डेले उत्कृष्ट निर्देशकको अवार्ड र चलचित्र ‘वधशाला’ उत्कृष्ट सिनेमा ठहरिएको छ । सो अवार्ड अब हरेक बर्ष गरिने समेत समिक्षक समाजले बताएको छ ।

%d bloggers like this: