Thu. Apr 25th, 2024

भाद्र २० गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बिर्खेलाई चिन्छस’का गीत,संगित मात्र नभई चलचित्रको ट्रेलरले पनि यति बेला दर्शकहरुको मन निकै जित्दै गएको छ । चलचित्रमा कमेडीपाराका गीत संगित र ट्रेलरका कारण पनि दर्शकको मन जित्न सफल भएको चलचित्रका निर्माता तथा कलाकार सुबास थापाले बताएका छन् । गीतमा ‘बिर्खेलाई चिन्छस्’ , र ट्रेलरमा ‘बा मास्टरको घर त्यहि पारी गाँउमा त होनी म पिटेर आउँ’ भन्ने चलचित्र बिर्खेलाई चिन्छसको सम्बाद यति बेला प्राय सबै दर्शकको मुखमा झुण्डिएको देख्न पाइन्छ ।

birkhailai chinc

प्राय सबै दर्शकले मन पराएका गीत,संगीत र ट्रेलर सगै अब चलचित्र पनि दर्शकले निकै मन पराउनेमा चलचित्र युनिट निकै विस्वस्त देखिन्छ । अराज केशवले निर्देशन गरेको चलचित्र बिर्खेलाई  चिन्छस कलाकार सुबास थापाले लगानी गरेका छन् । डी एण्ड डी मुभिजको प्रस्तुतीमा सुवास थापा निर्माता रहेको फिल्ममा सुवास सहित आयुशा राई, विनिता खडका, सुरेस उप्रेती, बालदीप राई लगायतको अभिनय रहेको छ । जगदिश्वर थापाले कथा लेखेको फिल्ममा मोहित मुनालको सँगीत रहेको छ भने निरज कँडेलको छयांकन रहेको छ ।

%d bloggers like this: