Fri. Apr 26th, 2024

करिब ७ महिना अगाडी देशभर प्रदर्शनमा आएको चलचित्र ६ एकान ६ ले निकै राम्रो व्यापार र सफलता हात पारेको ७ महिना वितिसकेपछि आइतबार चलचित्र युनिटले कलाकार देखी चलचित्रलाई विभिन्न क्षेत्रबाट योगदान पुराउने व्यक्तिलाई बोनस वितरण गरेको छ । दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माले लगानी गरेको चलचित्र ६ एकान ६ को केहि प्रतिशत बोनस हिजो कलाकार तथा प्राविधिकहरुलाई वितरण गरेको छ । चलचित्रको सम्पुर्ण रकम दिपकराज गीरिले नै लिए भन्ने विाबाद आइरहेको बेला दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माले चलचित्रको बोनस वितरण गरेपछि सो विबादको अन्त्य भएको छ ।

MG_0567-copy

त्यस्तै दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माले कलाकार तथा प्राविधिकहरुलाई बोनस मात्र वितरण गरेनन उनीहरुले स्वर्गिय निर्देशक शिव रेग्मीको परिवारलाई ५१ हजार नगद प्रदान गर्ने समेत बताएका छन् । उता निर्माता तथा कलाकार दिपकराज गीरीले भने बाढि पिडितलाई २५ हजार रुपैयाँ सहयोग गर्ने समेत घोषण गरेका छन् । सफलताको पार्टीमा निर्माता तथा कलाकार दीपकराज गिरीले नयाँ चलचित्र ‘ वडा नम्बर ६’ बनाउने समेत बताएका छन् । सफलताको पार्टीमा चलचित्रका निर्देशक दिनेश डिसी र नायिका निता ढुंगाना भने उपस्थिित थिएनन् । उनीहरुको सम्बन्ध ६ एकान ६ चलचित्रको छायंकनको क्रममा विग्रिएको खबर बाहिर आएको थियो । चलचित्रमा दिपक राज गिरी, जितु नेपाल(मुन्द्रे), शिवहरी पौडेल(मुखाँ हान्नु जस्तो), केदार घिमिरे(माग्नेबुढा), सिताराम कट्टेल(धुर्मुस), सन्दिप क्षेत्री लगाएतका हाँस्य कलाकारहरुको अभिनय गरेका थिए । पौष २६ गते चलचित्र ६ एकान ६ प्रदर्शनमा आएको थियो ।

%d bloggers like this: