Tue. Apr 23rd, 2024

केहि बर्ष देखी नायिका रेखा थापा सगँ बोलचाल बन्द भएका नायक निलिख उप्रेती र नायिका रेखा थापा विच अब भने सम्बन्ध सुमधुर हुने देखिएको छ । अर्थात एक चलचित्रको शिलशिलामा नायक निखिल उप्रेती नायिका रेखा थापाको निवासमा पुगेका छन् । त्यो पनि हिरिइनको प्रस्ताब बोकेर । शनिबार रेखा निवास मित्रपार्कमा पुगेका निखिल केहि समय रेखा सगँ कुरागरेपछि बाहिरिएका थिए । बाहिर यस विषयलाई लिएर अनेकथरी चर्चा चलिरहेको अबस्थामा रेखाले भने यस विषयमा सकारात्मक प्रतिक्रिया दिएकी छिन् ।

rekha nad nikhil

आफुलाई हिरोइनको प्रस्ताब गरेको बताउए पनि आफु केहि कामका कारण सो चलचित्रमा अभिनय गर्ने नसकेको बताएकी छिन् । चलचित्रको शिलशिलामा चलचित्रका नायक आफुलाई भेट्न आउनु कुनै पनि आश्चर्यको कुरा नरहेको बताउदै आफुहरुको सम्बन्ध कहिले पनि पानीबाराबारको नभएको समेत बताएकी छिन् । रेखा र निखिल करिब एक दशक देखी उनीहरुको बोलचाल नरहेको बताइएको छ । रेखा पछिल्लो समय आफुले लेखन निर्देशक गरेको चलचित्र हिम्मतवालीको प्रमोशनमा व्यस्त छिन् । चलचित्र असोज १५ गते देशभर प्रदर्शनमा आउदै छ ।

%d bloggers like this: