Tue. Apr 23rd, 2024

२८ जनवरीका दिन बिबाह बन्धनमा बाधिन लागेकी बलिउडस्टार सलमान खानकी बहिनी अर्पिताका लागी सलमानले बिहेमा एउटा फ्ल्याट दिने भएका छन् । अर्पितालाई सलमानका पिता सलिम खानले पहिली पत्नी हेलेनको कोखबाट कुनै सन्तान नभएपछि सानोमा ल्याएर पालेका हुन् । यसपश्चात उनी खान परिवारको सदस्य भएकी थिइन् । सलमान अर्पितालाई खुबै माया गर्छन् ।

3585_10

सलमानले बताएका छन् बिहेको समय अझै पनि ४ महिना बाँकी छ अहिले नै मैले अर्पितालाई के दिने भन्ने विषयमा बोल्न उचित हुदैन् । समय आउछ र म आर्पिताले नसोचेको गिफ्ट दिन चाहान्छु बिहेमा सलमानले भने । अर्पिता यतिबेला दिल्लीका आयुष नामका एक यूवकसँग डेटमा छिन् । केहि दिन अगाडी मात्र सलमान र युबकको परिवार बिच बिबाहको मिति तय गरिएको थियो । त्यसैले पनि सुत्रले बताए अनुसार सलमान बहिनीलाई मुम्बईमा एक थ्री बेडरुमको फ्ल्याट खोजीरहेका बताइएको छ ।

%d bloggers like this: