Thu. Apr 18th, 2024

बलिउडमा पछिल्लो समय प्राय हिट फिल्मको रिमेक बनाउने चलन चल्न थालेको छ । जसमा कोहि कुनै पनि बलिउडस्टारहरु पछि पर्न सकेका छैनन् । र यसबाट अब शाहरुख खान पनि पछि नपर्ने भएका छन् । अमिताभ बच्‍चनबाट खास प्रभावित शाहरुखले पहिले पनि चलचित्र डनको रिमेक बनाउने काम सुरु गरिसकेका छन् । मुकुल आनदको हिट फिल्म हम को रिमेकमा शाहरुख खान मुख्य भुमिकामा देखिने भएका छन् ।

shaharuk khan

यस फिल्ममा शाहरुख खान र सुपरहिट निर्देशक रोहित शेट्टी ले काम गर्नेछन् । यस दुई जोडीले कहि समय बलिउडको बक्स अफिसमा धमका मच्चाउने फिल्म दिए सगै उनीहरु बलिउडमा हिट जोडीको रुपमा चिनिन थालेका छन् । अब यि दुई जोडी नयाँ प्रोजेक्‍टको तयारीमा जटेका छन् । भारतीय सञ्चार माध्यमले बताए अनुसार अब शाहरुख खान अमिताभ बच्चनको भुमिका निभाउने छन् । शाहरुख सगै चलचित्रमा गोविन्दा र रजनीकांतले पनि देखिने बताइएको छ । निर्देशक रोहित अहिले फिल्‍मको स्क्रिप्‍ट बनाउदै छन् । जसमा काजोलको पनि  हिस्सा हुने बताइएको छ ।

%d bloggers like this: