Thu. Apr 25th, 2024

भाद्र ६ गते शुक्रबार देखी देशभर प्रदर्शनमा आएको चलचित्र ताण्डवले सोचेअनुरुपकै व्यापार गर्न सफल भएको छ । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरले यति बेला प्राय देशभरका हलहरु भरिएपनि चलचित्र ताण्डवलाई भने कोहिनूरले कुनै असर गरेको देखिएको छैन् । शुक्रबार मात्र ताण्डवले २२ लाख बढिको व्यापार गरेको बताइएको छ ।

10543869_10152475079731597_1013292373_n

यतिको व्यापारलाई सन्तोषजनक मानिन्छ । देशभर गरि करिब ४५ वटा हलहरुमा प्रदर्शन भइरहेको चलचित्र ताण्डवमा नम्रता श्रेष्ठ,लाहुरे,अनुप बराल आदी कलाकारहरुले चलचित्रमा मुख्य भुमिकामा छन् ।चलचित्र ताण्डवलाई बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेका छन् । स्म्यासिङ एप्पलको ब्यानरमा बनेको ताण्डवलाई मोहन डोटेलले निर्माण गरेका हुन् । उता एक साथ प्रदर्शनमा आएको चलचित्र ठुलीले पनि उत्साहजनक व्यापार गरेको कार्यकारी निर्माता सुनिल बस्नेतले बताएका छन् । चलचित्रको व्यापार भने अहिलेनै खुलाइएको छैन् । चलचित्रमा नायक जीवन लुइटेल, नायिका गरिमा पन्त, कन्चन ठकुरी, निला बस्नेत, बिसाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ । ​​

%d bloggers like this: