Thu. Apr 25th, 2024

नायिका रेखा थापाले पहिलो पटक निर्देशन,लेखन दुवै गरेको चलचित्र हिम्मतवाली छायंकनको क्रममा निर्देशक श्याम भटराई र रेखा विच भएको विवादका कारण सेन्सर बोर्डले चलचित्रमा रोक लगाएपछि निर्देशक श्याम भटराई र रेखा थापा विच लिखित सम्झौता भएको छ । एक अर्कालाई शत्रु ठान्ने गरेका उनीहरु अब भने पुरानै सम्बन्धलाई निरन्तरता दिने भएका छन् । श्यामलाई रेखाले हिम्मतवाली सेटबाट दुई लात हानेर निकालेको खबर केहि महिना अगाडी सार्वजानिक भए पछि यो विवादले ठुलै रुप लिएको थियो ।

1902826_634927869878531_969971353_n

त्यसपछि दिदि भाईबाट उनीहरु शत्रुमा परिणत भएका थिए । रेखाले प्रत्येक भाईटिकामा श्यामलाई टिका लगाउने गर्थिन । रेखाले दिखित सम्झौतामा भनेकी छिन् आफुले निर्देशक श्याम भटराईको चरित्र हत्या हुने गरि भनेका कुरा एक आवेगमा आएर भनेकोमा आफु निकै दुखी रहेको रेखाले लिखित सम्झौतामा भनेकी छिन् । लिखित सम्झौतामा श्या र रेखा दुर्वले आरोप र्फिता लिएका छन् । केहि दिन आगाडी एक कार्यक्रममा निर्देशक श्याम भटराईले यदि हिम्मतवालीबाट निस्कनु आफ्नो कारण भए आत्महत्या समेत गर्छु भनेर भनेका थिए तर अब उनीहरु एक आपसमा मिलिसकेका छन् अब यति हेर्न बाँकी छ पुरानै दिदि भाईको सम्बन्ध भने रहन्छ वा रहदैन भन्ने ।

यस्तो छ रेखा र श्याम विच लिखित सम्झौता :

rekha1

%d bloggers like this: