Fri. Apr 26th, 2024

नेपाली सिनेनगरीमा निरन्तर लागी परिरहेकी नायिका करिष्मा मानन्धरलाई लायन्स क्लव अफ काठमाण्डौ डायमन्डले नारी सम्मान पुरस्कार प्रदान गरेको छ । नेपाली चलचित्र उद्योगमा सुन्दर, सौभ्य एवं सदाबहार नायिकाको रुपमा करिष्मालाई चिनिन्छ । २५ वर्षअघी नेपाली चलचित्र क्षेत्रमा कार्यरत अभिनेत्री करिष्माले सय बढी चलचित्रहरुमा अभिनय गरिसकेकी करिष्मालाई ‘नारी सम्मान २०७१’ बाट सम्मानित गरिएको छ ।

karisma

साथै विभिन्न क्षेत्रका आबद्ध ९ जना महिलालाई ‘नारी सम्मान–२०७१’ बाट आज सम्मान गरेको छ । जसमा गायिका देविका बन्दना,शिक्षासेवी दीपिका रिमाल थापा,सञ्चारकर्मी अनिता विन्दु,मेकअप आर्टिस्ट रुवी राणा, स्वास्थ्यसेवी डा.चन्दा कार्की, खेलाडी संगीना वैद्य,साहित्यकार मोमिला जोशी र समाजसेवी दुर्गा घिमिरे पनि नारी सम्मान २०७१ बाट सम्मानित भएका छन् । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले उनीहरुलाई सम्मानित गरेका हुन् ।

%d bloggers like this: