Wed. Apr 24th, 2024

नेपाली सिनेनगरीमा धेरै चलचित्रहरु भित्रिए तर प्राय चलचित्रहरु केहि दिन हलहरुमा लागेर बाहिरिनुको सिवाय अरु केहि पनि भेटेनन् । तर यहि सिनेनगरीमा धेरै सफल चलचित्रहरुपनि भित्रिएका छन् जो आज पनि हरेक दर्शकहरुको मनमुटुमा बस्न सफल भएका छन् । यस्ता धेरै चलचित्रहरु छन् जो आज पनि ताजा छन् र सधै जिवित छन् । कुरा गरौ नेपाली सिनेनगरीमा पछिल्लो पटक प्रदर्शनमा आएको नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरको । जसले अहिले सम्मकै नेपाली सिनेनगरीको इतिहासमा रेकर्ड तोडेको छ । अर्थात भनौ प्रदर्शनमा आएको १० दिन नाग्दा ५ करोड भन्दा बढिको मुनाफा गर्न चलचित्र कोहिनूर सफल भएको छ । अब यो रेकर्ड १०० बर्ष सम्म कुनै पनि चलचित्रले तोड्न नसक्ने चलचित्रका जानकारहरु बताउछन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठले लगानी तथा अभिनय गरेको ‘कोहिनूर’ले इतिहासका सम्पूर्ण रेकर्ड तोडेको समेत छ ।

10550947_310919275748906_3517399237756769788_n

मुलुकभर रिलिज भैरहेको यो चलचित्रले आक्रामक रूपमा व्यापार गरेको देशभरको रिपोर्टले देखाएको छ ।थामिनसक्नु दर्शकको भिडले हलका कर्मचारीहरूलाई पनि भिड नियन्त्रण गरी शो देखाउन हम्मेहम्मे परेको पाइयो । केही हलहरूमा दर्शकले टिकट नपाएपछि चलचित्र नहेरीकनै फर्किनुपरेको समेत दर्शकहरूले गुनासो गरेका छन् । ‘यो मेरो १५ बर्ष फिल्मी करिअरकै पहिलो अनुभव हो’, श्रीराम बालाजी फिल्म काठमाडौंका वितरक सुनिल मानन्धरले भने । उनले चलचित्रले यसरी बढी व्यापार गर्दै जाने हो भने नेपाली चलचित्रहरू कुनै पनि नडुब्ने बताए । काठमाण्डौंका वितरणको जिम्मा लिएका मानन्धरले श्रीकृष्णको फिल्म नै नेपाली कुनै पनि चलचित्रको अग्रपंक्तिमा आएको बताए । मोफसल वितरण हेरिरहेको एफ.डी. कम्पनीले पनि कोहिनूरको ब्यापारलाई इतिहासमै पहिलो पटक भनेको छ । एक त फिल्म चल्नुमा श्रीकृष्ण श्रेष्ठको निधनले पनि दर्शकहरु एक पटक श्रीकृष्ण श्रेष्ठ अन्तिम चलचित्र हेर्न र श्रदाञ्जली स्वरुप चलचित्रहलहरुमा गएर कोहिनूर हेरेका छन् । श्रीकृष्णको असमाहिक निधनले गर्दापनि चलचित्रको व्यापार एक्कासी आकाशिएको चलचित्रका जानकारहरु बताउछन् । आज श्रीकृष्ण श्रेष्ठको निधन भएको पनि १३ दिन पुगेको छ । आज उनको १३ औं पुण्यतिथि समेत हो ।

%d bloggers like this: