Fri. Apr 26th, 2024

बलिउड फिल्ममा निकै सफल चलचित्रमा अभिनय गरिसकेका बलिउड अभिनेता अनुपम खेर आज दिउँसो काठमाडौं आइपुगेका छन् । काठमाडौंको शान्तिनगरमा अबस्थित कोसेली स्कुलमा अध्ययनरत सुकुम्बासी र मजदुरका छोराछोरीलाई सहयोग जुटाउन नेपाली सेनाको मूख्यालय भद्रकालीस्थित अफिसर क्लबमा शुक्रबार उनको जीवनीमा आधारित नाटक कुछ भि हो सकता हे का च्यारिटी शो कार्यक्रमका लागी अनुपम काठमाडौं आएका बताइएको छ ।

anupam-kher

आज अनुमले काठमाडौं आइसकेपछि आफ्नो ट्वीटमा नेपाल जस्तो देशमा आउन पाउँदा निकै खुसी भएको बताएका छन् । नाटकको च्यारिटी शोमा अनुपमनले आफ्नो जीवनका हरेक अनुभवहरु सुनाउने कार्यक्रम रहेको छ । उनी काठमाडौं रहदाँ पशुपतिनाथ देखी काठमाडौंका विभिन्न आकर्षक स्थलहरुमा जाने कार्यक्रम रहेको बताइएको छ ।

Capture

%d bloggers like this: