Fri. Apr 26th, 2024

कहिले विबाद त कहिले विभिन्न कारणले चर्चामा आउन माहिर मानिने नायिका रेखा थापा आजबाट ३१ बर्षमा प्रवेश गरेकी छिन् । ‘हिरो’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी रेखाले अहिले सम्म करिब २०० भन्दा बढि चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् । प्राय सफल चलचित्रहरु दिइसकेकी रेखालाई निर्माता छवि ओझाले नेपाली चलचित्र ‘हिरो’बाट नायिकाको रुपमा डेब्यु गराएका थिए ।

1464770_579327312144871_28610323_n

त्यसपछि बिबाह बन्धनमा समेत बाधिएका उनीहरु करिब १० बर्ष सम्म साथमै यात्रा गरे र त्यसपश्चात सम्बन्ध विक्षेद गरेकी रेखा अहिले एक्लै छिन् । गतबर्ष आफ्नो ३० औं जन्मदिनमा एक संस्थासँग मिलेर द्धन्द्धपिडित बालबालिका पढाउने र पाल्ने निर्णय गरेकी उनले यसपश्चात भने रेखा थापा फाउन्डेशनकै स्थापना गरिन्। पहिलो पटक निर्देशन ,लेखन समेत आफै गरेकी रेखाको पछिल्लो चलचित्र हिम्मतवाली असोज १५ गते देशभर प्रदर्शनमा आउदै छ ।

रेखालाई मनोरञ्जनसंसार डटकमको तर्फबाट पनि हार्दिक शुभकामना ।

%d bloggers like this: