Fri. Apr 26th, 2024

कुनै दिन यि जोडी अर्थात चर्चित व्यबसायी सम्राट दाहाल र बलिउड सगै नेपालकी समेत चर्चित नायिका मनिषा कोइरालाको जोडीलाई देखेर कुनै दिन यो पो भगवानले जुराएको जाडी भन्ने गर्थे तर आज त्यहि सम्बन्ध टुटेको पनि करिब ५ बर्ष नै वितिसकेको छ । बलिउड फिल्ममा प्राय सबै चर्चित नायकहरु सगैै चर्चित बलिउड फिल्महरुमा समेत अभिनय गरिसकेकी मनिषा अब अर्को बिबाह गर्ने संकेत देखाएकी छिन् । तर व्यबसायी सम्राट दाहालले भने अझैपनि मनिषालाई याद गर्ने गरेको खबर सार्वजानिक भएको छ । सम्राटका नजिकका एक मित्रले बताए अनुसार आज पनि सम्राट मनिषालाई सम्झने गरेको बताएका छन् ।

1

तर मनिषा भने अब सम्राटलाई विर्सिएर अर्को बिबाह गर्ने तयारीमा रहेकी बताइएको छ । ७ बर्ष कान्छा सम्राट दाहालसँग लगनगाँठो कसेकी मनिषाको बिहे भएको ६ महिनापछि नै मनिषाले फेसबुकमार्फत आफुले सम्बन्धविच्छेद गर्न चाहेको बताएकी थिइन् । असमझदारीका बाबजुत मनिषा र सम्राटको दाम्पत्य जीवन झण्डै डेढ वर्ष चलेको थियो । हाल सम्राट इजरायलमा बस्दै आएका छन् । तर यति बेला मनिषा कोइराला भने भारतमा छिन् । अब फेरी उनी बलिउड फिल्ममा अभिनय गर्ने मुडमा रहेकी बताइएको छ । नेपाली फिल्म ‘फेरी भेटौंला’बाट नेपाली रजतपटमा र सन् १९९१ मा बनेको हिन्दी फिल्म ‘सौदागर’ वाट मनिषा बलिउड रजतपटका भित्रिएकी थिइन् । उनी केहि दिन अगाडी मात्र ४४ बर्षकी भएकी छिन् । केहि समय पाठेघरको क्यान्सरले मृत्युको मुखमा समेत पुगेकी मनिषाले अमेरिकामा उपचार गराइसकेपछि पुर्ण रुपमा उनी अहिले निको भएकी छिन् । अब मनिषा चर्चित भारतीय अभिनेतृ मीनाकुमारीको जीवनमा आधारित फिल्ममा मुख्य भूमिका निर्वाह गर्दैछिन् ।

%d bloggers like this: