Fri. Apr 26th, 2024

विश्वकै सर्वश्रेष्ठ फिल्मी अवार्ड ओस्कार अवार्डका लागी दुई चलचित्र ‘मोक्ष’ र ‘झोला’ दर्ता भएका छन् । चलचित्र ‘कबड्डी’ले दर्ताबाट पछि सरेपछि अब मोक्ष’ र ‘झोला’ विच प्रतिस्पर्धामा हुने छ ।

oscar-nominations-635

नेपाल स्थित विदेशीभाषी सर्वोत्कृष्ट फिल्म समितिले ८७ औं एकेडेमी एवार्ड ओस्कार का लागि साउन ३० सम्म दर्ता गर्न आहवान गरेको थियो । अब ओस्कामा विदेशी भाषाको सिनेमा विधामा छनोटका लागि प्रतिस्पर्धा गर्न ‘मोक्ष’ र ‘झोला’ मात्र अगाडि आएका छन् ।आगामी फागुन १० मा अमेरिकाको लस एन्जल्समा उक्त एवार्ड हुनेछ ।

%d bloggers like this: