Fri. Apr 19th, 2024

बलिउडमा निकै चर्चा र विवाद दुवै सामाना गर्दै आएकी बलिउडकी मोडल पूनम पाण्डेको नाम त सायद सबैले सुन्नुभएकै हुनुहोला । कहिले अर्धनग्न अबस्थामा फोटो सुट गरि सार्वजानिक गर्ने कहिले के बाहानामा नग्न हुने यि बलिउड पूनम पाण्डेको चर्तिकलाका हो । तर अब फेरी बलिउडमा नयाँ पूनम पाण्डेको आगमन भएको छ । तर उनी भारतले क्रिकेटमा जिते आफ् सम्पुर्ण कपडा उतार्ने भनेकी पूनम पाण्डे नभई नयाँ पूनम पाण्डे बलिउडमा भित्रिएकी छिन् ।

dsc_5112_650_081914061329

यिनी बलिउडमा नयाँ हुन् । बलिउडकी नयाँ पूनम पाण्डे ट्रिप टू भानगढ बाट आफ्नो करियरको सुरुवात गर्ने जादैछिन् । पूनमको डेब्यु फिल्म हारर जानर मा अब उनी देखिदैछिन् । उनी फिल्ममा अभिनय गरेपनि अर्की पूनम पाण्डेको नामले उनलाई केहि धक्का भने अबश्य हुने छ । अर्की पुनम पाण्डे नामक मोडलले गर्दा यि नयाँ पूनम पाण्डेलाई करियरमा केहि नराम्रा कुराहरुको समाना गर्नुपर्छ । समाचार एजेन्सीका अनुसार नयाँ पूनम पाण्डे अब नाम परिवर्तन गर्ने सुरमा रहेकी बताइएको छ ।

%d bloggers like this: