Tue. Apr 23rd, 2024

चलचित्र विर्खेलाई चिन्छस नामक चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी नायिका आयुषा राई नायक रेश मरहठ्ठा विना बाँच्न नसक्ने भएकी छिन् । तर यो वास्तविक नभई एक म्युजिक भिडियोमा । मुस्कान श्रेष्ठको नयां गीत ‘बिर्सन सक्दिन’ को भिडियोमा नायक रेश मरहठ्ठा र आयुषा राई विच निकै हट रोमान्सलाई रमाइलो तबरले देखाउन खोजीएको छ ।

Capture

चलचित्रमा माग घट्दै गएपछि म्युजिक भिडियोमा देखिदै गएका नायक रेश मरहठ्ठाले उक्त म्युजिक भिडियोमा निकै राम्रो अभिनयमा देखाएका छन् । भिडियोमा आयुषाले नायक रेश मरहठ्ठा को वियोगमा बाँच्नुपरेको देखाइएको छ । मेश परियारका शब्द तथा संगीत रहेको यस गीतको भिडियोलाई जिवन थापाले निर्देशन गरेका छन् भने भिडियो मल्टीमेटले तयार पारेको हो । उक्त गीतले बजारमा यति बेला निकै राम्रो प्रतिक्रिया बटुल्दै गएको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=3q9gAI58bCw

%d bloggers like this: