Fri. Mar 29th, 2024

बिबाह गरेको करिब ३ महिना वितिसक्दा कुनै पनि चलचित्रमा हात नहालेका नेपालीसिनेनगरीका महानायक राजेश हमाल अब चलचित्र बागमतीबाट फेरी चलचित्रमा देखिने भएका छन् । बिबाह पश्चात केहि म्युजिक भिडियोमा देखिएपनि चलचित्रमा भने उनी देखिएका थिएनन् ।

10384587_1497175520497300_9205901317859967738_n

निर्देशक एवं निर्माता अनिष नापितले बागमती चलचित्रमा राजेश हमालले काम गर्न लागेको खुलाएका छन् । चलचित्र बागमतीमा नायक राजेश महालका अलवा शिव श्रेष्ठ, दयाहाङ राई, कञ्चन ठकरी, केकी अधिकारी लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गर्नेछन् । चलचित्रले बागमती फोहोरपछिको सफाई अभियानलाई मुख्य केन्द्रविन्दु बनाएको छ । चलचित्रको भाद्र २५ गते देखी छायंकन सुरु हुनेछ ।

%d bloggers like this: