Thu. Apr 25th, 2024

बलिउड बक्स अफिसमा किकले धमका मच्चाए सगै निकै चर्चामा रहेकी बलिउड नायिका जैकलीन फर्नांडीज अब सलमान खानको घर नजिक जैकलीनले घर किन्न लागेकी छिन् । सलमान खान सगँ चलचित्र किकमा अभिनय गरेसगै निकै नजिक बनेका उनीहरु सलमानले जैकलीन फर्नांडीजका लागी बान्द्रामा निकै महंगो घर गिफ्ट दिएको खबर पनि आएको थियो ।

Jack k 4 sal pure

तर जैकलीन फर्नांडीजले त्यो कुरा सब बकवास भन्दै टारेकी थिइन् । भारतीय सञ्चार माध्यमले बताए अनुसार जैकलीन केहि समय देखी नै सलमान खानको घर आसपासमा उनले पनि घर खोजी रहेकी छिन् । खबरका अनुसार जैकलीन किकको सफलता सगै उनी नयाँ घरको खोजीमा छिन् । जैकलीनले कार्टर रोडमा केहि घर हेरेकी छिन् तर अहिले सम्म कुनै पनि घरलाई फाइनल भने गरेकी छैनन् । जैकलीन बान्द्रामा एउटा फ्ल्याट लिएर भाडामा बस्ने गर्छिन अब भने उनी घर किन्ने सोचमा छिन् ।

%d bloggers like this: