Wed. Apr 24th, 2024

पछिल्लो समय नेपाली चलचित्रहरुको व्यापार सोचे अनुरुपको नभइरहेको अबस्थामा भाद्र ६ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ताण्डवले भने सोचेअनुरुपको व्यापार गर्नेमा चलचित्र युनिट निकै विश्वस्त देखिन्छ । भाद्र ६ गते नै ३ वटा चलचित्र एक साथ प्रदर्शनमा आउने बताइए पनि अब भाद्र ६ गते दुई वटा चलचित्र मात्र प्रदर्शनमा आउने छ ।

tandav

ठुली,सम्बोधन र ताण्डव गरि ३ वटा चलचित्र एक साथ प्रदर्शनमा आउने पक्का भएपनि स्वर्गीय श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूर अहिले देशभर प्रदर्शनमा आएका कारण श्रीकृष्णका लागी श्रदाञ्जली स्वरुप चलचित्र सम्बोधनले भने भाद्र ६ गते देशभर प्रदर्शनमा नआउने भएको हो । त्यस कारण अब भाद्र ६ गते ताण्डव र ठुली प्रदर्शनमा आउदैछन् । चलचित्र ताण्डवलाई बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेका छन् । स्म्यासिङ एप्पलको ब्यानरमा बनेको ताण्डवलाई मोहन डोटेलले निर्माण गरेका हुन् । चलचित्र ‘ताण्डव’ मा र्‍यापर लाहुरे, नायिका नम्रता श्रेष्ठ, अनुप बराल, एलिन गुरुङ, विपिन कार्की, प्रमाद अग्रहरी लगायतको अभिनय रहेको छ ।चलचित्र त्यसै दिन हङकङ, जापान र युकेमा समेत प्रर्दशन गरिदैछ ।

%d bloggers like this: