Wed. Apr 24th, 2024

छबिराज प्रोडक्सनको व्यानरका निर्माण भएको चलचित्र लज्जाको ट्रेलर रिलिज भएको छ । आज युटुब मार्फत सार्वजानिक गरिएको ट्रेलरमा नायक आर्यन सिग्देल र नायिका शिल्पा पोखरेलको निकै रोमाञ्चित रोमान्स ट्रेलरमा देख्न सकिन्छ । कात्तिक ७ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र लज्जामा सिल्पा पोखरेल र आर्यन सिग्देलको प्रेम र एक्सनलाइ देखाउन खोजिएको छ । आर्यनले ट्रेलरमा शिल्पा सगँ विवाहको प्रस्ताब राखेका छन् । सो सम्बादमा शिल्पाले आर्यनलाई मेरो पछि नलाग भन्दै हिडेको दृश्य ट्रेलरमा निकै आकर्षक देखिएको छ ।

Capture

नवल नेपाल निर्देशित लज्जालाई दिजेन्द्र शाक्यले निर्माण गरेका हुन् । नायिका रेखा थापालाई लिएर सधै निर्माण गर्ने निर्माता छवि ओझाले नयाँ नायिका शिल्पा पोखरेललाई लज्जाबाट चलचित्रमा डेब्यु गराएका छन् । रेखा सगँ सम्बन्ध विक्षेद भएपछि नायिकाको खोजीमा रहेका छविले शिल्पालाई नायिका बनाए सगै उनले विवाहको प्रस्ताब समेत राख्न भ्याइसकेका छन् । तर शिल्पाले सो प्रस्ताब अहिले सम्म आनाकानी गरेर बसिरहेकी छिन् ।

%d bloggers like this: