Thu. Mar 28th, 2024

भाद्र ६ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र सम्बोधनले आफ्नो प्रदर्शन मिति रोकेको छ । प्रदर्शनमा लागी अन्तिम तयारीमा रहेको सम्बोधनले स्वर्गीय श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूर यति बेला देशभर प्रदर्शनमा आएका कारण श्रीकृष्णको श्रदाञ्जलीका लागी भएपनि चलचित्र प्रदर्शन नगर्ने सम्बोधन युनिटले बताएको छ । श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र भएका कारण पनि कोहिनूरलाई असर नपार्न चलचित्रको प्रदर्शन मिति रोकिएको बताइएको छ ।

sambodhan1

तर अहिले नै चलचित्र युनिटले अर्को प्रदर्शन मिति भने तोकिसकेको छैन् । कोहिनूर बाहिरिए पछि मात्र चलचित्र सम्बोधन प्रदर्शन हुन सक्ने बताइएको छ । ‘होस्टल’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक हेमराज बिसी चलचित्र सम्बोधनलाई निर्देशन गरेका हुन् । लर भनिएको चलचित्र ‘सम्बोधन’मा दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय भट्टको मुख्य अभिनय रहेको छ । रेड रोज इन्टरटेन्मेन्टको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतीमा निर्माण भएको यस चलचित्रमा बिष्णु लामाको पनि लगानी रहेको छ ।सम्बोधन सगै एक साथ प्रदर्शन हुन लागेको दुई चलचित्र ठुली र ताण्डवले भने प्रदर्शन मिति सारेका छैनन् ।

press

आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्र ठुलीले भने आफुहरुले तिजलाई लक्षित गरि चलचित्र निर्माण गरेका कारण चलचित्रको मिति सार्न नसक्ने बताइएका छन् । श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरलाई हेला गर्ने हिसाबले नभई चलचित्रको कथा बस्तु पनि तिजलाई लक्षित गरेका कारण आफुहरु मिति सार्न नसक्ने बताएका छन् । चलचित्र ठुली भाद्र ६ गते प्रदर्शनमा आउदै छ ।

%d bloggers like this: