Fri. Apr 26th, 2024

ओम प्रतीकले निर्देशन गरेको पछिल्लो चलचित्र यो कथा हो तिम्रो मेरो अब प्रदर्शनमा तयारीमा जुटेको छ । भाद्र १३ गते देखी देशव्यापीरुपमा प्रदर्शनमा आउन लागेको यो कथा हो तिम्रो मेरो लाई पछिल्लो समयमा आशावादी चलचित्रको रुपमा पनि हेरिन थालिएको छ । बजारमा चलचित्रका गीतहरुले पनि यति बेला निकै राम्रो प्रतिक्रिया बटुल्दै गइरहेको छ ।

1f3c40a085db54e7cfd46f5f1425b89a_L

चलचित्रका गीतहरुनै दर्शक,स्रोताहरुले मन पराएका कारण चलचित्र यो कथा हो तिम्रो मेरो पनि आम दर्शकहरुले मन पराउने निर्देशक ओम प्रतिकले बताएका छन् । सामाजिक प्रेमकथा भनिएको चलचित्र यो कथा हो तिम्रो मेरोमा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना आदिको अभिनय रहेको छ। चलचित्रमा रमेश प्रजापति र अनिल हेक्काको लगानी रहेको फिल्ममा विकास चौधरीले संगीत दिएका छन्। चार गीत संग्रहित फिल्ममा दीपक लिम्बु, रजिना रिमाल, राजेशपायल राई, मनीषा पोखरेल, शिव परियार, प्रविशा अधिकारीको स्वर समेटिएको छ।

%d bloggers like this: