Thu. Apr 25th, 2024

रोहित शेट्टीद्धारा निर्देशित बलिउड फिल्म सिंघम रिटर्न्सले दुईदिनमा ५३ करोडको व्यापार गर्न सफल भएको छ । भारत सगै विभिन्न देशहरुमा एक साथ ५ हजार भन्दा बढि सिनेमाहलहरुमा प्रदर्शन भइरहेको चलचित्र सिंघम रिटर्न्सले पहिलो दिन ३१ करोड र दोस्रो दिन २२ करोडको करोबार गरेको थियो ।

0a52bcc4-a0e6-4990-a852-625cb19411a1Wallpaper1-660x330

ट्रेड एनलिस्ट तरण आदर्श ले चलचित्रको व्यापारको बारेमा जानकारी दिदै चलचित्र सिंघम रिटर्न्सले निकै राम्रो व्यापार गर्ने बताएका छन् । सिंघमले पहिलो दिनमा नै ५० करोडको करोबार गरेको थियो भने सिंघम रिटर्न्सले दुईदिनमा ५० करोडको कारोबार गर्न सफल भएको छ । बलिउडमा सबैलाई पछि पार्दै सलमान खानको पछिल्लो चलचित्र किकले धमका मच्चाएको थियो भने यति बेला अजयको सिंघम रिटर्न्सले किकलाई समेत पछि पारिसकेको छ । फिल्ममा करीना कपुर र अजय देवगनको मुख्य भुमिका रहेको छ ।

%d bloggers like this: