Thu. Apr 25th, 2024

यति बेला नेपाली बक्स अफिसमा चलचित्र कोहिनूरले धमका मच्चाइरहेको छ । आज सम्म कुनै पनि चलचित्रले गर्न नसकेको व्यापार चलचित्र कोहिनूरले १० दिनमा नै गरिदिएको छ । अर्थात चलचित्र कोहिनूरले १० दिनमा करिब ४ करोड २१ लाख भन्दा माथिको व्यापार गर्न सफल भएको छ । आजको व्यापारले चलचित्र कोहिनूर ५ करोड क्लबमा जान्छ । अहिले सम्मका चलचित्रहरुको व्यापार र्हेने हो भने ५१ दिन वा १०० दिन मनाएका चलचित्रहरुले मात्र ५ करोड सम्मको व्यापार गर्न सकेका छन् । तर चलचित्र कोहिनूरले १० दिनमा नै इतिहासको पहिलो रेकर्ड बनाएको छ । १ करोडको लागतमा निर्माण भएको चलचित्र कोहिनूरलाई र्हेन अहिले सम्म नेपाली चलचित्र नहेरेका दर्शक पनि चलचित्रहलसम्म पुग्ने गरेका छन् । उपत्यका भित्र र बाहिर यति बेला सम्पुर्ण चलचित्रहलहरुले हाउसफुल व्यापार भइरहेको छ ।

kohinoor-poster

साउन २३ गते प्रदर्शनमा आउदाँ करिब ६० वटा हलमा प्रदर्शनमा आएको चलचित्र कोहिनूर यति बेला देशभर गरि करिब ७० वटा भन्दा बढि हलहरुमा चलचित्र कोहिनूर प्रदर्शन भइरहेको छ । बलिउड फिल्म सिंघम रिटर्न्सलाई समेत चलचित्रहलहरुले निकालेर यति बेला कोहिनूर लगाएका छन् । नयाँदिल्लीमा उपचारको क्रममा नायक श्रेष्ठको निधन भएपछि सहानुभूतिको लागि दर्शक हलसम्म ओइरिएका छन् ।धेरै दर्शक टिकट नपाएर दर्शक त्यसै बाहिरिएका पनि छन् । श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र भएका कारण पनि उनलाई अन्तिम पटक चलचित्रमा हेर्न दर्शकहरुको भिड चलचित्रहलहरुमा बढ्दै गइरहेको छ । चलचित्र हेर्ने क्रममा आम दर्शक श्रीकृष्णलाई सम्झेर भक्कानिने गरेका छन् । चलचित्रलाई श्रीकृष्ण श्रेष्ठ आफैले निर्माण गरेका हुन् भने चलचित्रमा श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का मुख्य भुमिकामा देखिएका छन् । चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । फिल्मले चेलिबेटी बेचबिखनको कथालाई उठान गरेको छ ।

%d bloggers like this: