Thu. Apr 25th, 2024

नेपाली फिल्म ‘फेरी भेटौंला’बाट नेपाली रजतपटमा र सन् १९९१ मा बनेको हिन्दी फिल्म ‘सौदागर’ वाट बलिउड रजतपटका भित्रिएकी नेपालीमुलकी नायिका मनिषा कोइराला आज देखी ४४ बर्ष पुगेकी छिन् । करिब २३ बर्ष बलिउड चलचित्रमा आफ्नो चलचित्रयात्रा विताएकी मनिषा हाल नेपालमा छिन् । पछिल्लो पटक दिपेन्द्र के खनाल निर्देशित ‘धर्मा’ मा नायक राजेश हमाल सगँ मुख्य भुमिकामा देखिएकी मनिषा अब फेरी बलिउड चलचित्रमा कमब्याकको तयारीमा रहेकी छिन् ।

10547534_481505195286097_5597511726430706276_n

नेपालका ब्यबसायी सम्राट दाहालसँग बिबाह गरेकी मनिषाको केहि बर्ष वित्न नपाउदै उनीहरुको सम्बन्ध विक्षेद भयो । त्यसपछि केहि समय पाठेघरको क्यान्सरले मृत्युको मुखमा समेत पुगेकी मनिषाले अमेरिकामा उपचार गराइसकेपछि पुर्णरुपमा निको भए सगै अब फेरी उनी बलिउड चलचित्रमा अभिनय गर्ने बताइएको छ । अब मनिषा चर्चित भारतीय अभिनेतृ मीनाकुमारीको जीवनमा आधारित फिल्ममा मुख्य भूमिका निर्वाह गर्दैछिन् ।

%d bloggers like this: