Wed. Apr 24th, 2024

विभिन्न गीतहरुबाट कहिले चर्चा र कहिले विवादमा पर्ने गरेकी गायिका कोमल ओली अब आफु सभासद् बन्न योग्य भएको बताएकी छिन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गायिका कोमल ओलीले २६ सभासदको मनोनयन गर्दा कम्तिमा तीनजना कलाकारलाई स्थान दिइनुपर्ने माग राख्दै आफु पनि त्यस मध्य योग्य रहेको बताइन् ।

Komal-Oli_Demand-P-memeber

राज्यले कलाकारहरुलाई देशको गहना भनेपनि अहिले सम्म कलाकारहरुलाई देशले सजाउन कहिले नसिकेका कारण संविधान लेख्ने काममा अब कलाकारहरुपनि हुनु पर्ने ओलीको आग्रह थियो । कलाकारका एजेण्डालाई संविधानमा समावेश गराउन कलाकारहरुको उपस्थिति अनिर्वाय रहेको पनि उनले बताइन् । गायिका ओलीले कलाकारलाई दलको सिफारिशमा भन्दा पनि राष्ट्रिय सहमतिका आधारमा संविधान सभामा प्रतिनिधित्व गराउन माग गरिन् । त्यस्तै चलचित्र निर्देशक यादव खरेल, रंगकर्मी अशेष मल्ल, कांग्रेसनिकट नेपाल सांस्कृतिक संघका तीर्थ थापालगायतले २६ सभासद मनोनयन गर्दा कला क्षेत्रबाट पनि प्रतिनिधित्व गराउन सरकारसँग आग्रह गरेका छन् ।

%d bloggers like this: