Sat. Apr 20th, 2024

भाद्र ६ गते देखी देशव्यापी रुपमा प्रदर्शन हुन लागको चलचित्र ठुलीको आनन्दभूमि माध्यमिक विद्यालय मैतीदेवी काठमाण्डौंका विद्यार्थीहरु माझ देखाइएको छ । नेपाली समसामयिक कथावस्तु तथा हाम्रो समाजमा वर्षौ देखि कायमै रहँदै आइरहेको वादीजीवन, छाउपढी प्रथा तथा बोक्सीको आरोपमा गरिंदै आएको दुब्र्यवहार जस्ता घटनामा आधारित चलचित्र “ठूली” चलचित्रका बालकलाकार कंचन ठकुरी यस आनन्दभूमि विद्यालयमा “यु” केजीमा अध्ययरत बालिका भएका कारण पनि चलचित्र देखाइएको निर्माण युनिटले बताएको छ । चलचित्र हेरिसकेपछि सम्पुर्ण विद्यार्थी र अविभाबकहरुले चलचित्र ठुली निकै राम्रो रहेको प्रतिक्रिया दिएका थिए । बालकलाकार कञ्चनको रहर लाग्दो र जीवन्त अभिनय रहेको हेर्न आएका व्यक्तिहरुले बताएका छन् ।

14081750garima

चलचित्रबाट राम्रो प्रतिक्रिया पाएपछि फिल्म हेर्न सगै पुगेकी नायिका गरिमा पन्तले आफु एक कलाकारको हैसियतले भन्दा पनि दर्शकको हैसियतले चलचित्र हेर्दा निकै राम्रो रहेको बताइन । साथै चलचित्रका निर्देशक एभरेष्ट सुर्य बोहराले चलचित्रबाट निकै राम्रो प्रतिक्रिया पाए सगै आफु निकै खुसी रहेको बताए । बालबालिकाहरुले राम्रो छ भन्नुको अर्थ चलचित्र सोचेको भन्दा पनि राम्रो रहेको निर्देशक बोहोराले बताए । चलचित्र ठुलीमा नायक जीवन लुइटेल, नायिका गरिमा पन्त, संचारकर्मी रिजु श्रेष्ठ, विशाल पहाडी, विक्रम बस्नेत, संझना पौंडेल, सुरेन्द्र शाह लगायतकाको अभिनय रहेको चलचित्रमा बालकलाकार कञ्चन ठकुरीको सशक्त अभिनय रहेको छ । पुष्कर पन्त प्रमुख निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता सुनिल बस्नेत हुन भने सह निर्मात्री जानुका देवी भण्डारी प्रयाशी हुन । वसन्त सापकोटाको संगीत रहेको चलचित्रमा राजेश पायल राई, अन्जु पन्त, रेजिना रिमालको स्वर रहेको छ । चलचित्रमा द्धन्द्ध तथा कोरियोग्राफर सुरेन्द्र शाहको रहेको छ । सिनेजुनले पोष्ट प्रोडक्सनको जीम्मा लिएको चलचित्रको छायाँकार शेर बहादुर लामा हुन । सामिप्य राज तिम्लसिनाको पटकथा र संवाद रहेको चलचित्र “ठूली”को निर्देशन एभरेष्ट सुर्य बोहराले गरेका हुन । साथै ठुली अष्ट्रेलियामा प्रर्दशन गरिने भएको छ । चलचित्र प्रर्दशनका लागि चलचित्रका कार्यकारी निर्माता सुनिल बस्नेत अष्ट्रेलिया तर्फ जाने भएका छन।

%d bloggers like this: