Sat. Apr 20th, 2024

भाद्र २० गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘विर्खेलाई चिन्छस’ यस बेला निकै चर्चामा छ । बजारमा गीत,संगितका कारण पनि चलचित्र ‘विर्खेलाई चिन्छस’का गीतहरु अहिले हरेक व्यक्तिले गाउन थालेका छन् । अर्थात बजारमा गीतले निकै राम्रो प्रतिक्रिया बटुल्दै गइरहेको छ । कमेडी र सन्देश मुलक चलचित्रको रुपमा निर्माण भएको चलचित्र ‘विर्खेलाई चिन्छस’ कलाकार सुवास थापाले नै निर्माण गरेका हुन् ।

1471890_564715243635057_7078358995072671275_n

चलचित्रका नायक समेत आफै रहेका सुबास थापालाई चलचित्रमा विभिन्न भुमिकामा देख्न सकिन्छ । कहिले गाँउले परिवेशमा,कहिले शहरको परिवेश आदी इत्यादी भुमिकामा सुवासलाई विर्खेको भुमिकामा देख्न सकिने कलाकार तथा निर्माता सुवास थापाले बताएका छन् । चलचित्रमा मोहित मुनालको संगीत, जगदीश्वर थापाको पटकथा छ । निर्माणपक्षले चाडै नै ‘विर्खेलाई संविधान दे’ भन्दै संविधान सभा घेराउको कार्यक्रम पनि गर्ने तयारी गरेको छ ।

%d bloggers like this: