Sat. Apr 20th, 2024

गीतकारत्रय रमेश सुवेदी,दामु मर्सिफुल र कविता उपाध्याय तथा संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीति एल्बम ‘सभ्यता’को राजधानीमा एक कार्यक्रम बीच बिमोचन गरिएको छ । वरीष्ठ गीतकार डा. कृष्णहरि बरालले सो एल्बमको बिमोचन गरेका थिए । एल्बमको बिमोचन समारोहमा समग्र संगीत पक्षको समीक्षा गर्दै समीक्षक बुलु मुकारुङले एल्बमका सबै गीत तथा संगीत पक्ष उत्कृष्ठ रहेको धारणा राख्नु भएको थियो भने अर्का समीक्षक गीतकार भावेश भुमरीले गीतहरुको शब्द पक्षको समीक्षा गर्नुभएको थियो । गीतकार कविता उपाध्यायले स्वागत मन्तव्य गर्नुभएको उक्त बिमोचन समारोहमा गायक शिशिर योगी,गीतकार दामु मर्सिफुल,संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार अविद,बरीष्ठ गजलकार रवि प्रान्जल लगायतका साहित्यकारहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा राप्ती साहित्य परिषद्का सचिव तथा गीतकार रमेश सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

DSC_0255

बिमोचित एल्बममा गीतकार त्रयका दुई-दुई वटा गीतहरु समावेश गरिएको छ भने संगीत संगीतकार श्रेष्ठको एकल संगीत रहेको छ । कविता उपाध्यायको ‘अमृत भनी बिष दियौ’ को बोलमा अन्जु पन्त र प्रमोद खरेलको स्वर रहेको छ भने रमेश सुवेदीको ‘आँसु दिई बैगुनीले’ बोलको गीतमा अन्जु पन्तले र ‘आमा भन्दा ठूलो कोही’ बोलको गीतमा कृष्णभक्त राईले स्वर दिएकाछन् । यसै गरी गीतकार दामु मर्सिफुलको यस अघि अन्जु पन्तले गाएको र चर्चा कमाएको ‘आउँछु निष्ठुरील’ बोलको गीतमा शिशिर योगीले स्वर दिएकाछन् भने मर्सिफुलकै ‘बिरानो भो बस्ने बास’ बोलको गीतमा नरेन्द्र प्यासीको स्वर रहेको छ । गीतकार त्रय एकै घरका हुन् भने संगीतकार श्रेष्ठको पनि आरम्भ देखिनै गीतकारहरूसँगको निकट साँगीतिक सामिप्यता रहेको छ । राप्ती साहित्य परिषद् तथा रापती समाज काठमाडौंको संयुक्त आयोजनामा संचालित उक्त बिमोचन कार्यक्रम समाजका अध्यक्ष शशि शर्मा मजगैयाँको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमको संचालन राप्ती साहित्य परिषद्का दीप दर्पणले गर्नुभएको थियो ।

%d bloggers like this: