Thu. Apr 18th, 2024

साउन २३ गते देखी देशभर प्रदर्शनमा आएको चलचित्र कोहिनूरले यति बेला नेपाली बक्स अफिसमा धमका मच्चाएको छ । हिजो अर्थात शुक्रबार सम्मको व्यापार र्हेने हो भने चलचित्र कोहिनूरले २ करोड भन्दा बढिको व्यापार गरेको थियो । र आज शनिबार चलचित्र चलचित्र ‘कोहिनुर’ ले देश भरि बाट एक करोड भन्दा बढि कलेक्सन गरेको छ । राजधानीमा ५७ लाख र राजधानी बाहिर ४४ लाख भन्दा बढिको आम्दानी गरेको चलचित्रका निर्देशक आकाश अधिकारीले जानकारी दिएका छन् । अहिले सम्मको चलचित्र कोहिनूरको व्यापार र्हेने हो भने करिब साढे ३ करोडको हाराहारीमा कोहिनूरले व्यापार गरिसकेको छ । यो व्यापार चलचित्रनगरीको अहिले सम्मकै उच्च हो । यसरी हाल सम्म कुनै पनि चलचित्रले आम्दानी गर्न सकेका छैनन् । अहिले प्रत्येक चलचित्रहलहरु हाउसफुल छन् । जसका कारण बलिउड फिल्म सिंघम रिटर्न्सलाई समेत चलचित्रहलहरुले निकालेर कोहिनूर लगाएका छन् । नयाँदिल्लीमा उपचारको क्रममा नायक श्रेष्ठको निधन भएपछि सहानुभूतिको लागि दर्शक हलसम्म ओइरिएका छन् ।धेरै दर्शक टिकट नपाएर दर्शक त्यसै बाहिरिएका पनि छन् । श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र भएका कारण पनि उनलाई अन्तिम पटक चलचित्रमा हेर्न दर्शकहरुको भिड चलचित्रहलहरुमा बढ्दै गइरहेको छ । चलचित्र हेर्ने क्रममा आम दर्शक श्रीकृष्णलाई सम्झेर भक्कानिने गरेका छन् । चलचित्रलाई श्रीकृष्ण श्रेष्ठ आफैले निर्माण गरेका हुन् भने चलचित्रमा श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का मुख्य भुमिकामा देखिएका छन् । चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । फिल्मले चेलिबेटी बेचबिखनको कथालाई उठान गरेको छ ।

10579218_10203229632234797_1408947981_n 10602684_10203229631154770_945705662_n 10613959_707074232720669_1930311540_n 10617269_10203229632674808_323068468_n 10617435_707184402709652_814062034_n 10617504_10203229632154795_647761128_n 10617538_10203229631874788_81970405_n 10617655_10203229631714784_360213696_n

%d bloggers like this: