Thu. Mar 28th, 2024

भदौ २० गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र स्टुपिड मनको ट्रेलर रिलिज भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरि चलचित्र स्टुपिड मनको ट्रेलर रिलिज गरिएको हो । निकै धमकेदार रहेको ट्रेलरमा केहि कमेडी सगै हिन्दी सम्बादहरु पनि देख्न सकिन्छ । फिल्ममा बलिउड चलचित्रमा काम गरेका कलाकारहरुले पनि अभिनय रहेको देख्न सकिन्छ । चलचित्र स्टुपिड मनको सम्पूर्ण सुटिङ थाइल्यान्डमा गरिएको छ। सँगैसँगै आप्रवासी नेपालीहरूको रहनसहन र समस्यालाई समेत फिल्मले समेटेको छ।

Capture

फिल्मको निर्देशन दिवाकर भट्टराईले गरेका हुन्। फिल्मले प्रेमकथासँगै विदेशिने रहरमा भोग्नुपरेका समस्याहरूलाई समेत उजागर गरेको छ । फिल्ममा जीवन लुइँटेल, निरज बराल, चाँदनी शर्मा, रिजु श्रेष्ठ, मार्टिन खानलगायतको अभिनय रहेको छ।फिल्ममा सञ्जय लामाको छायांकन, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत र अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्मको पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन्। फिल्मलाई नायक निरज बरालले विवेक शाहीसँग मिलेर निर्माण गरेका हुन् ।यति बेला नेपाली बजारमा स्टुपिड मनको एउटा गीतले निकै राम्रो चर्चा कमाइरहेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

%d bloggers like this: