Sat. Jun 25th, 2022

बलिउड स्टार सलमान खानको पछिल्लो चलचित्र किकले बलिउडमा हंगामा मच्चाए सगै बलिउडमा पछिल्लो चलचित्रहरु मध्य सबै भन्दा बढि कमाउने चलचित्रमा किक परेको थियो तर अर्का स्टार अजय देवगनको पछिल्लो चलचित्र सिंघम रिटर्न्सले भने सलमानलाई धक्का दिएको छ । किकले पहिलो दिनमा साढे २६ करोडको व्यापार गरेको थियो अजय देवगनद्धारा अभिनित चलचित्र सिंघम रिटर्न्सले भने पहिलो दिनको व्यापार ३० करोडको गरेको छ ।

ajay_450_080614081323

यो अहिले सम्मकै उच्च व्यापार हो । भारत सगै विभिन्न देशहरुमा एक साथ ५ हजार भन्दा बढि सिनेमाहलहरुमा प्रदर्शन भइरहेको चलचित्र सिंघम रिटर्न्सले यस्तै व्यापार एक साता गरे किकलाई पनि सजिलै सगँ उछिन्न सक्छ । हिजो अर्थात शुक्रबार देखी प्रदर्शनमा आएको सिंघम रिटर्न्सले यति बेला बलिउड बक्स अफिसमा हंगामा खडा गरेको छ । पहिलो दिनमा नै ३० करोडको व्यापार सिंघम रिटर्न्सलाई रोहित शेट्टीले निर्देशन गरेका हुन् । फिल्ममा करीना कपुर र अजय देवगनको मुख्य भुमिका रहेको छ ।