Sat. Apr 20th, 2024

लोक नायिका विष्णु माझी भनेपछि सायद नचिन्ने कमै होला । किनकी उनी हजारौ दर्शक,स्रोताहरुको मन मुटुमा बस्न सफल भएकी छिन । तर केहि बर्ष देखी उनी यस क्षेत्रमा सक्रियता नदेखिएपछि यति बेला नेपाली मिडियाहरुमा विभिन्न कुराहरु चल्न थालेका छन् । उनलाई आफ्नै श्रीमानले नजरबन्द र चरम शोषण गरेको खुलासा भएको छ । पेसाले लोकसर्जक रहेका सुन्दरमणी अधिकारी बिष्णुका श्रीमान हुन् । आठ बर्षको लिभिङ् टुगेदरपछि उनले कबि डेढ बर्षअघि पोखराको एक मन्दिरममा बिष्णुसँग गुपचुप ढंगले विवाह गरेका थिए । विष्णु गीत गाँउछिन् – सुन्दरमणी पैसा बुझ्छन् ।

f30810631f8553f66108e83e6be083dc

विष्णुको जिन्दगीको रिमोट सुन्दरको हातमा छ । लाग्छ विष्णुले श्वास फेर्न पनि अनुमति सुन्दरकै लिनुपर्छ । यस्तो खबर अहिले सञ्चार माध्यममा भाइरल ज्वरो सरी बाहिर आउन थालेको छ । विष्णुले कुनै कार्यक्रममा कमाएको पैसा समेत श्रीमानले राख्ने गरेका छन् । तर विष्णुले भने यस विषयमा केहि बोल्न चाहेकी छैनन् । २५ सय भन्दा बढि लोकगीतमा आवाज दिएकी विष्णु अहिले कहाँ छिन् कस्तो अबस्थामा छिन् यो कुरा उनको श्रीमान भन्दा बढि अरु कसैलाई थाहा छैन् । यसरी लाखौ दर्शक,स्रोताहरुको मन मुटुमा बस्न सफल लोकगायिका विष्णु माझी चरम शोषणमा रहेको खबर बारम्बार सञ्चार माध्यममा आएपनि यस विषयमा कसैले पनि आवाज उठाउन भने सकेका छैनन् । उनका विषयमा पनि विभिन्न व्यक्तिहरुले लेख समेत लेखेका छन् । लेखमा समेत हाल उनी चरम शोषणमा परिरहेको खबर बाहिर आउदै गइरहेको छ ।

%d bloggers like this: