Thu. Mar 28th, 2024

उपचारका क्रममा भारतमा निधन भएका श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम चलचित्र ‘कोहिनूर’ले अहिले नेपाली बक्स अफिसमा धमका मच्चाएको छ । प्रदर्शनमा आएको एक साता वित्दा श्रीकृष्णको अन्तिम चलचित्र कोहिनूरले २ करोड भन्दा माथिको व्यापार गरेको छ । शुक्रबार सम्मको व्यापारलाई हेर्ने हो भने कोहिनूरले २ करोड ८ लाख १७ हजार ८ सय ६० को ब्यापार गरेको छ । अब केहि दिन यसरी नै कोहिनूरले राम्रो व्यापार गरेमा २०७१ सालकै सबैभन्दा बढि कमाउने चलचित्र मध्यमा कोहिनूर पर्नेछ ।

kohinoor-poster

श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र भएका कारण पनि उनलाई अन्तिम पटक चलचित्रमा हेर्न दर्शकहरुको भिड चलचित्रहलहरुमा बढ्दै गइरहेको छ । चलचित्र हेर्ने क्रममा आम दर्शक श्रीकृष्णलाई सम्झेर भक्कानिने गरेका छन् । चलचित्रलाई श्रीकृष्ण श्रेष्ठ आफैले निर्माण गरेका हुन् भने चलचित्रमा श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का मुख्य भुमिकामा देखिएका छन् । चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । फिल्मले चेलिबेटी बेचबिखनको कथालाई उठान गरेको छ । चलचित्रले उपत्यका  भित्र भन्दा पनि उपत्यका बाहिर निकै राम्रो व्यापार गरिरहेको छ । धरानको गणेश टाजिक, दमकको पाथिभरा, विर्तामोडको कृष्ण टाकिजमा चलचित्र हेर्ने दर्शकको भिड नै लागेको छ ।

%d bloggers like this: