Fri. Apr 26th, 2024

बलिउड स्टार अमिर खानको पछिल्लो चलचित्रमा पिकेमा नाङ्गिएको पोस्टर सार्वजानिक भए सगै अमिर निकै विवादमा परेका छन् । यति मात्र होइन सो पोस्टरमा अमिरले आफ्नो गोप्य अंग रेडियोले छोपेको पोस्टर सार्वजानिक भए सगै उक्त पोस्टरका कारण एक ओकिलले अदालतमा समेत मुद्धा दायर गरेका छन् । चलचित्र ‘पिके’मा सार्वजानिक सो पोस्टरले अस्लिनता र यौन हिंसालाई मनोवल बढाउने पोस्टर भएको भन्दै एक ओकिलले सो पोस्टर विरद्ध अदालतमा मुद्धा दायर गरेका हुन् ।

amir

१९ डिसेम्बरमा प्रदर्शन हुन लागेको चलचित्र ‘पिके’मा अमिरलाई नाङ्गिएको दृश्यमा देख्न पाइने भएपनि अब सो दृश्य हटाउनु पर्ने सम्भाबना बढेको भारतीय समाचार एजेन्सीहरुले बताएका छन् । चलचित्रलाई राजकुमार हिरानी निर्देशन गरेका छन् भने चलचित्रमा आमिर खान र अनुष्का शर्मा मुख्य भुमिकामा देखिदै छन् । र यति बेला चलचित्र पिके युनिट प्रचारप्रसारलाई व्यापकता दिदै आएको छ । त्यहि क्रममा अमिरले भने अर्को फिल्मको लागी साइन गरिसकेका छन् । अब अमिर खान उक्त चलचित्रमा भने पहलवानको भुमिकामा देखिने छन् । भूतनाथ र चिल्लर पार्टी जस्ता चलचित्रबाट नाम कमाइसकेका निर्देशक नीतेश तिवारीले उक्त फिल्मलाई पनि निर्देशन गर्नेछन् । फिल्मको नाम भने दंगाल रहने छ । फिल्मको सुटिगं अर्को बर्ष मात्र सुरु हुने छ ।

%d bloggers like this: