Thu. Apr 25th, 2024

असोज १५ गते अर्थात फुतपातीका दिन देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिम्मतवाली’को ट्रेलर सार्वजानिक भएको छ । पहिलो पटक लेखन,निर्देशन र कोरियोग्राफी समेत आफैले गरेकी नायिका रेखालाई ट्रेलरमा निकै आकर्षक भुमिकामा देख्न सकिन्छ । ट्रेलरमा उनले भनेको एउटा सम्बाद अहिले बजारमा हंगामा बनेको छ ।

Rekha thapa Himmatwali 1

यो जोवन सल्लुलाई हो भनेर रेखाले ट्रेलरमा भनिएको सम्बाद अहिले बजारमा निकै चर्चामा छ ।  विभिन्न चलचित्रहरुबाट निकै राम्रो प्रशंसा बटुल्दै गएकी रेखाले चलचित्र हिम्मतवालीबाट पनि धमका मच्चाउने सुरुमा देखिएकी छिन् । हाल चलचित्र ‘हिम्मतवाली’को निकै लोकप्रिय गित ‘काली तिम्रो नजरले’ नामक गितले यति बेला गाँउ,सहर निकै मज्जाले तातेको छ । गित नै आम दर्शकले राम्रो मनपराएपछि चलचित्र चल्नेमा धेरै विश्वस्त पनि छन् । ‘काली तिम्रो नजरले’ नामक गित डान्सिङ्ग गित भएकाले पनि यति बेला धेरै स्टेक कार्यक्रमहरुमा सो गितको माग व्यापक रुपमा बढेको पनि धेरैले बताएका छन् । चलचित्र हिम्मतवालीमा नायिका रेखा थापाले आफनो प्रेमीको रुपमा नायक सुदर्शन गौतमलाई देखाएकी छिन् । चलचित्रलाई सरस्वती थापाले निर्माण गरेकी हुन भने निर्देशन रेखा थापा आफैले नै गरेकी छिन् । चलचित्रमा संगित बसन्त सापकोटाको रहेको छ भने द्धन्द्ध चन्द्र पन्तको रहेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=lH6yTnxjPt0&feature=youtu.be

%d bloggers like this: