Thu. Apr 25th, 2024

भदौ २७ गतेबाट देशव्यापी रिलिजको तयारीमा रहेको चलचित्र निशानीले आफ्नो प्रचारप्रसारलाई ब्यापकता दिएको छ । त्यहि क्रममा निशानी युनिटले विहिबार पोखरोमा पत्रकार सम्मेलन गरि चलचित्रका बारेमा जानकारी गराएको छ । उक्त कार्यक्रममा सुरज रानाभाट, विष्णु चेम्जोङ, अनु गुरुङ सहित निर्माता सरोज भण्डारी र निर्देशक विनोद सेरेङ उपस्थित थिए । पत्रकार सम्मेलनमा चलचित्रको बारेमा जानकारी दिदै चलचित्र युनिटले निशानी चलचित्र सोचेको भन्दा पनि राम्रो भएका कारण एकपटक चलचित्रहल सम्म गएर चलचित्र हेर्दिन आग्रह गरेको छ ।

nisani

भारतमा समेत सेन्सर पास भएको फिल्म निशानी नेपालसहित भारतमा पनि चलचित्र निशानी प्रदर्शनमा आउने छ । निशानी कारगिल खालुबारमा युद्धमा विर गोर्खालीले निभाएको भूमिकामा आधारित छ । विनोद सेरेङको लेखन एवं निर्देशन रहेको ‘निशानी’ मा प्रशान्तसँगै प्रेम सुब्बा, अनु गुरुङ, विष्णु चेम्जोङ, शिरु विष्ट लगायतको अभिनय छ । फिल्म ‘निशानी’मा युवराज राईको छायाँकन एवं बिबी अनुरागीको संगीत छ । जनक गुरुङ फिल्मका द्धन्द्ध निर्देशक हुन् । फिल्ममा नृत्य निर्देशन गोविन्द राई र शिव शर्माले गरेका छन् । ‘निशानी’ मा प्रेम सुब्बाको लगानी छ ।

%d bloggers like this: