Thu. Apr 25th, 2024

“जिन्दाबाद”बाट नाम परिवर्तन गरि “होस्टल” निर्देशन गरेका हेमराज बिसीको पछिल्लो निर्देशनमा बनेको चलचित्र सम्बोधन भाद्र ६ गते देशभर प्रदर्शनमा आउन लागेको छ । रेड रोज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय भट्ट, प्रशान्त ताम्राकारको प्रमुख भूमिका देखिएका छन् ।

sambodhan1

चलचित्रमा नम्रता श्रेष्ठ एक क्राइम पत्रकारको भुमिका देखिने छिन् भने नायक दयाहाङ राई पुलिस अफिसरको रुपमा देखिदै छन् । चलचित्रलाई बिष्णु लामाले लगानी गरेका छन् । चलचित्र निर्माणकै क्रममा राम्रो प्रतिक्रिया आईरहेकाले चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । भ्रष्टाचारको कथालाई उठान र्गन खोजेको छ । बजारमा यति बेला चलचित्रको ‘आज आजको होकी “ नामक गीतले बजारमा चर्चा कमाउदै गएको छ ।

%d bloggers like this: