Thu. Apr 25th, 2024

‘सिंघम रिटर्न्‍स’मा पुन पुलिसको भुमिकामा देखिएका बलिउड नायक अजय देवगनले भनेका छन् ‘फिल्ममा बाजीराव सिंघमको भुमिका सुपरहिरोको भन्दा कम छैन् ।’ देवगनले एक कार्यक्रममा भनेका छन् ‘बाजीराव सिंघम एक वास्तविक सुपरहिरो हुन । हाम्रो संस्कृति यस्तो छ की सुपरहिरो बन्नका लागी धेरै मेहेनत गर्नुपर्दैन ।’

1_071214012644

अजयले सिंघमको चरित्रलाई दोस्रो हिरो सगँ तुलना गर्दै भने ‘बाजीराव सिंघम नराम्रा काम गर्नेको आफ्नो स्टाइल र रिसले लड्छ जस्तोकी ‘स्पाइडरमेन’ र ‘सुपरमेन जसरी ।’ ४५ बर्षिय अजयले भनेका छन् ‘‘सिंघम रिटर्न्‍स’ वास्तविक समाजको एउटा ऐना हो । जसले समाजका हरेक कुरालाई अटाएको छ ।’ पहिलो चलचित्र सिंघमले निकै राम्रो व्यापार गरे पछि निकै हौसिएका चलचित्रका निर्देशक रोहित शेट्टीले यस चलचित्रलाई पनि निर्देशन गरेका हुन् । फिल्ममा करीना कपुर र अजय देवगनको मुख्य भुमिका रहेको छ । फिल्म १५ अगष्टमा रिलिज हुदैछ ।

%d bloggers like this: