Tue. Apr 23rd, 2024

फिल्म ‘ताण्डव’मार्फत नेपाली रजतपटमा प्रवेश गरेका ¥याप गायक आशिष राना ‘लाहुरे’ले फिल्मको प्रमोशनल शैलीको ‘आजै गर बबाल’नामक गीतमा उनले समाजका विभिन्न कुरालाई उजागर गरेका छन् । आफ्नै स्वर र शब्द रहेको उक्त गीतको शब्दमा आएको गीत भने केहि दिन अगाडी नै सार्वजानिक भइसकेको थियो ।

Capture

आज युटुब मार्फत सार्वजानिक गरिएको उक्त गीतमा लाहुरेले ¥याप शैलीमा गीत गाइरहेको र चलचित्रका कलाकारहरुलाई विभिन्न अभिनयमा देख्न सकिन्छ । भाद्र ६ गतेबाट रिलिजको तयारीमा रहेको ताण्डव स्म्यासिङ एप्पलको व्यानरमा निर्मित फिल्मका निर्देशक मुरे केर हुन् भने निर्माता मोहन डोटेल हुन् । डोटेलले यसअघि ‘बधशाला’ बनाएका थिए । ‘ताण्डव’मा अनुप बराल, प्रमोद अग्रहरी, नम्रता श्रेष्ठ, एलेन गुरुङ र विपिन कार्कीले प्रमुख भूमिकामा अभिनय गरेका छन् । फिल्म एक्सन र थ्रिलर शैलीको छ । फिल्मको पब्लिसिटीका लागी चलचित्र युनिटले ताण्डव डिजिटल गेम पनि लन्च गरेको थियो ।

उक्त भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

http://www.youtube.com/watch?v=gW_YwQ3UvXg#t=67

%d bloggers like this: