Sat. Apr 20th, 2024

अमेरिकी फिल्मका अभिनेता रोविन विलियम्सको मृत्यु भएको छ । उनको ६३ बर्षको उमेरमा निधन भएको हो । अमेरिकाका राष्ट्रपति बराक ओबामाले पनि उनको निधन प्रति दुख व्यक्त गरेका छन् । ओबामाले उनको बारेमा भनेका छन् उनी हामी सबैको जिन्दगीमा एक एलियन को रुपमा आए तर जाने बेला उनका हरेक तत्वहरु छोडेर गएका छन् । उनले हामी सबैलाई निकै हँसाए र निकै रवाए पनि त्यसैले पनि मेरो परिवार उनलाई धन्यवाद दिन चाहान्छ ।

1071_1

अहिले जानकारीमा आए अनुसार उनको आत्महत्या भएको हो र अहिले नै एकिन भन्न नसकिने अमेरिकन पुलिसले बताएको छ । अमेरिकन समाचार एजेन्सीले बताए अनुसार उनी कयौ बर्ष देखी ड्रक्स लिने र्गदथे त्यसैले पनि यो लत छुटाउन रोविनले आत्महत्या गरेको हुन सक्ने बताइएको छ । उनका पत्नी सुजैन स्नाइडर अहिले मुर्छित अबस्थामा छिन् । उनका तीन छोराछोरी समेत थिए । ओस्कार विजेता कलाकार रोविन विलियम्स जुलाईमा एजिलिस टाइम्सको खबर अनुसार उनी आफ्नो ड्रक्स सेवनबाट छुटकारा पाउनका लागी सुधार केन्द्रमा समेत बसेका थिए । उनको निधन प्रति बलिउड,हलिउड र कलिउडका कलाकारहरुले सामाजिक सञ्जाल देखी विभिन्न सञ्जालहरुबाट उनको निधन प्रति दुख व्यक्त गरेका छन् ।

%d bloggers like this: