Thu. Apr 25th, 2024

यो अंश नायक श्रीकृष्ण श्रेष्ठको निधन प्रश्चात नभई विवाह हुनुभन्दा केहि दिन अगाडी मनोरञ्जन संसारडटकमले स्वेता खड्का सगं लिएको एक अन्तरर्वार्तामा स्वेताले भनेको कुरा हुन यि । तर आज यि कुरा मात्र स्वेताले भनेको बेला सुन्नका लागी मात्र रहने छ । अब कहिले पनि हँसाउने छैनन् बास्तविक जीवनमा श्रीकृष्णले । अर्थात नेपाली सिनेनगरीमा चर्चित नायक श्रीकृष्ण श्रेष्ठको निधन भए सगै स्वेतालाई यति बेला बज्रपात भएका छ । अब श्रीकृष्ण श्रेष्ठले कहिले पनि हँसाउने छैनन् मात्र श्रीकृष्णले सबैलाई रुवाएर गएका छन् । विवाह भएको ३१ दिनमा नै सिउँदोको सिन्दुर पुछिदाँ नारीलाई त्यो जतिको पिडा अरु के हुन सक्छ होला । विवाह हुनु भन्दा करिब ७ दिन अगाडी मनोरञ्जन संसारडटकमले लिएको अन्तरर्वातामा स्वेताले भनेकी थिइन् ‘सुटिङ्गको वेला निकै हँसाउनु हुन्थो श्रीकृष्ण जी ले । कहिले पनि रिसाउन आएन उहाँलाई ।’ तर आज त्यहि कुरा सम्झनु भन्दा अरु विकल्प नै छैन उनी सगँ ।

1511424_340488326109553_7144940060549646877_n

साउन २६ गते सोमबार रातको झण्डै ८ बजे तिर श्रीकृष्णको अन्त्यष्टिका क्रममा स्वेता निकै मुर्छित अबस्थामा थिइन् र भन्दै थिइन बाबा मलाई छोडेर कहाँ जानु भयो । हो यो भनी रहदाँ त्यहाँ हेर्न आएका हरेक व्यक्तिको आखाँमा आसु देखिन्थो । करिब ६ बर्ष देखी निकै नजिकका मित्र बनेका उनीहरुको विवाह असार २३ गते भएको थियो । श्रीकृष्ण श्रेष्ठको अन्त्येष्टिका क्रममा १० जना प्रहरीले सलामी दिएका थिए । त्यसअघि उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । उनलाई श्रदाञ्जली दिन सरकारका मुख्य व्यक्तिहरु सगै कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । आर्यघाटमा समेत उनलाई हेर्न लाखौको संख्यामा दर्शकहरु उपस्थित भएका थिए । असार २३ मा नायिका स्वेता खड्कासँग विवाह गरेर हनिमुन मनाउन सिम्ला पुगेका थिए । केहि महिना देखी फोक्सोमा पानी जमेका कारण विरामी भएका खबर बाहिर आइरहे पनि उनी ‘बोन क्यान्सर’का कारण मुत्यु भएको अस्पतालले पुष्टि गरिसकेको छ ।

%d bloggers like this: