Fri. Apr 26th, 2024

शुक्रबार प्रदर्शनमा आएको अक्षय कुमारको पछिल्लो चलचित्र ‘इटस इन्टरटेन्टमेन्ट’ले चार दिनमा ५० करोड भन्दा माथिको व्यापार गरेको छ । शुक्रबार फिल्मले केहि कमजोर व्यापार गरेपनि ११.१६ करोड कमाएको थियो भने शनिबार ११.५३ करोड,आइतबार १४ करोड र सोमबार साढे १५ करोडको व्यापार गर्न सफल भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

4473_1

यस फिल्म पुर्ण रुपमा कमेडि छ जसमा एक कुकुरलाई मुख्य भुमिकामा राखिएको छ । यस फिल्मका लेखक साजिद फरहाद गरेका हुन् भने फिल्मको निर्माता भने रमेश तौरानी र जयंतीलाल गडाले गरेका छन् । फिल्ममा अक्षय कुमार सगै तमन्ना भाटिया, जोनी लीवर, कृष्णा अभिषेक, मिथुन चक्रवर्ती, प्रकाश राज र सोनू सूदले चलचित्रमा अभिनय गरेका छन् । उनीहरु सगै फिल्ममा रितेश देशमुख, श्रेयस तलपड़े, रेमो डिसूजा, दिलीप ताहिल, वृजेश हिजरी, दर्शन जरीवाला र हितेन तेजवानी पनि चलचित्रमा देखिने छन् ।

%d bloggers like this: