Sat. Apr 27th, 2024

आज दिउँसो २:५५ बजे इन्डियन एयरलाइन्सबाट नेपालको त्रिभुवन विमानस्थलमा श्रीकृष्णको शव ल्याइएको हो । श्रीकृष्ण श्रेष्ठ अमर रहुन जस्ता नारा चौतर्फि घन्किरहेका छन् भने श्रीकृष्णलाई हेर्न आउने प्राय सबै दर्शकको आखाँमा आसु देख्न सकिन्छ । उनलाई साढ पाँच बजे नै पशुुपतिमा अन्त्यष्टिका लागी लगिने बताइए पनि प्रज्ञा भवनमा दर्शकहरुको भिडका कारण सिधै पशुपति लगिएको छ । उनलाई करिब ४ बजे तिर मात्र प्राज्ञ भवनमा ल्याइएको थियो ।

10592694_830896016934023_4824406509404876799_n

तर प्रज्ञा भवनमा राख्ने ठाँउ समेत नभएपछि श्रीकृष्णलाई पशुपति लगिएको हो । अब पशुपतिमै उनलाई श्रदाञ्जली दिइने छ । सरकारका विभिन्न व्यक्तिहरु सगै यति बेला सम्पुर्ण कलाकारहरु श्रीकृष्णलाई श्रदाञ्जली दिन प्रज्ञा भवन पुगेका छन् । तर लाखौको संख्यामा दर्शक भएपछि गाडीबाट श्रीको शवलाई तल राख्ने ठाँउ नभएका कारण श्रीकृष्णको शवलाई सिधै पशुपति लगिएको छ । उनको साथमा स्वेता पनि छिन् । तर अहिले स्वेता बेहोस अबस्थामा रहेको स्रोतले बताएको छ । श्रीकृष्ण श्रेष्ठको अन्त्येष्टिका क्रममा १० जना प्रहरीले सलामी दिनेछन् । चलचित्र विकास बोर्डले श्रीकृष्ण श्रेष्ठलाई त्रिभुवन विमानस्थलदेखि आर्यघाट पुर्याउँदा लाग्ने सबै खर्च बेहोर्न निर्णय गरेको छ । पशुपतिमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री शुशिल कोइराला पनि जाने कार्यक्रम रहेको छ । असार २३ मा नायिका स्वेता खड्कासँग विवाह गरेर हनिमुन मनाउन सिम्ला पुगेका थिए । केहि महिना देखी फोक्सोमा पानी जमेका कारण विरामी भएका खबर बाहिर आइरहे पनि उनी ‘बोन क्यान्सर’का कारण मुत्यु भएको अस्पतालले पुष्टि गरिसकेको छ ।

%d bloggers like this: